बाँके क्षेत्र नम्बर १ मा ३ सय मत गणना, एमालेको अग्रता



कोहलपुर :  बाँके क्षेत्र नम्बर १ मा ३ सय मतगणना भएको छ । दिउँसो २ बजेबाट सुरु भएको मतगणना जारी छ ।

निर्वाचन अधिकृत यामप्रसाद बाँस्कोटाले हालसम्म ३ सय मतगणना भएको बताएका छन् ।

अहिलेसम्म नेकपा एमालेका सुर्य ढकालले १ सय ४ मत प्राप्त गरेका छन् ।

यस्तै लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका महेश्वरजंग गहतराजले ५९ मत प्राप्त गरेको उनले बताए ।

यस्तै चुनाव चिन्ह छाता ५७ मत पाएको छ । ढकिया ले १८ मत पाएको छ भने साइकल ४ र घण्टी र करुवा ले समान १ १ पाएका छन् । कुल गनिएको मध्ये ४६ मत बदर भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ मंसिर ५ गते सोमबार