अभिनेत्री नम्रता श्रेष्ठ र पर्यटन व्यवसायी दावा स्टिभन शेर्पाबीचको प्रेम सम्बन्ध टुंगिएको छ । उनीहरू विगत चार वर्षदेखि प्रेम सम्बन्धमा थिए ।
दावा स्वयंले नम्रतासँग ‘ब्रेकअप’ भएको कुरा पुष्टि गरेका छन् । उनले नयाँ प्रेमिका रिया श्रेष्ठलाई ‘माइ लाइफ’ भन्दै इन्स्टाग्राममा तस्वीर शेयर गरेका छन् । केही समययता, उनीहरूबीच ‘ब्रेकअप’ भएको हल्ला चले पनि पुष्टि भएको थिएन ।
दावाको पछिल्लो इन्स्टाग्राम पोस्टले नम्रतासँगको सम्बन्ध टुंगिएको पुष्टि गरेको छ ।
प्रकाशित मिति : २०७९ असोज २६ गते बुधबार









प्रतिक्रिया दिनुहोस्