- हिजो एक लाख ६० हजार रुपैयाँबाट सुरु गरेको व्यवसाय आज ३० करोड बढी लगानी पुगेको छ ।
- कयौंपटक लडे, कति ठक्कर खाए तर, उनले यात्रा रोकेनन् । एकैछिन थकाइ मारे अनि पुनः यात्रामा लम्किए ।
- भनिन्छ, ‘जसरी जंगलको सुन्दरता हरियाली मात्र नभइ सुकेका पात पनि हुन, त्यसरी नै जीवनका सुन्दरता संघर्ष अनि असफलता पनि हुन् ।’
- व्यवसाय जीवनमा थकान, ठक्करलाई उनले पूर्णबिराम दिएनन् । ति ठक्कर र पीडाले थप उर्जाशील र संघर्षको पाठ सिकायो ।
गणेश विशु ।
सफलता, सपना देखेर मात्र पूरा हुँदैन । त्यसका लागि संघर्ष, लगनशीलता, इमान्दारीता र कर्तव्यनिष्ट भएर मेहनत गर्न हुन जरुरी छ । सफल भएको, सपना निदाएको बेला मात्र देखेर पनि हुँदैन । सफलता तब मात्र तपाईँको हुनेछ, जब सपनालाई तपाईँले आफ्नो अस्तित्वमा भेट्नु हुनेछ । यदी सपना अस्तित्वमा भेटिएन भने सोच्नूहोस् तपाईँको सपना हरायो ।
सपना, सफलता र अस्तित्व प्राप्त गर्न माथि उल्लेखित झै इमान्दारीताका साथ संघर्ष र मेहनत गर्न जरुरी छ । यसका उदाहरण हुन्, कोहलपुर नगरपालिका–१२ चप्परगौडीका ज्ञानेन्द्र खनाल । व्यापारिक घरानका उनले व्यापार नै रुचाएअर्थात् व्यापारी बन्ने सपना देखे । जसका लागि उनले अरुका पसलमा समेत काम गर्नुप¥यो । कपडा पसलदेखि वर्कशपसम्म र भारतदेखि नेपालगन्जसम्म काम गरेको अनुभव छ उनीसँग ।
त्यही सिकाइका लागि उनले भारतमा गाडी धुने काम नगरेका होइनन् । ज्ञानेन्द्रले कामलाई सानो र ठूलोरुपमा नलिइ शिक्षा र सिकाइका रुपमा लिए । जसले गर्दा उनलाई काममा अझ बढी हौसला र उत्साह पैदा हुन्थ्यो ।
देखिएका सपना पूरा गर्न उनले अनवरतरुपमा संघर्ष गरे । जसको फलस्वरूप आज उनी सफल व्यापारी छन् । हिजो एक लाख ६० हजार रुपैयाँबाट सुरु गरेको व्यवसाय आज ३० करोड बढी लगानी पुगेको छ ।
ज्ञानेन्द्र व्यापारिक वातावरणमै हुर्किए । उनका बुवा नै व्यापारमा संलग्न थिए । स्याङ्जा पुख्र्याैली घर भएका ज्ञानेन्द्रका पिताको एक कपडा पसल थियो । उनका बुवा प्रजापति खनाल स्याङ्जामा एक प्रख्यात व्यापारी थिए । उनका बुवाले २०२७ सालमै गाउँमा पहिलो गाडी भिœयाएका थिए । अहिले पनि खनाल परिवार सम्पूर्णरुपमा व्यापारमै छन् । ज्ञानेन्द्रका आठ दाजुभाइ छन् ।
सबैको हार्डवेयरदेखि पेट्रोल पम्पसम्मको व्यवसाय छ । २०४७ सालमा ज्ञानेन्द्रका बुवा परिवारसहित कोहलपुर आए । ज्ञानेन्द्र कान्छोभन्दा माथिका भाइ हुन् । ज्ञानेन्द्र त्यतिबेला आठ कक्षा पढ्दै थिए । बुवाले कोहलपुरमा ‘बाँके चिउरा मिल’का नाममा बाँकेकै पहिलो चिउरा मिल सञ्चालनमा ल्याए । पश्चिम नेपालमा चिउराको निर्यात गर्ने काम उक्त उद्योगले गथ्र्याे ।
यसका साथै अन्य सबै किसिमका उत्पादन उक्त मिलले गथ्र्याे । ज्ञानेन्द्रले पढ्दै मिलमा काम गर्दै व्यापार सिके । उक्त मिल २०६५ सालसम्म चल्यो । त्यस अवधिमा ज्ञानेन्द्र व्यापारिक वातावरणमा भिजिसकेका थिए । २०६५ सालमा मिल बन्द भयो । मिल बन्द भएपछि ज्ञानेन्द्रले कोहलपुरमा पानस मोटर्सको नाममा गाडीको वर्कसप सुरु गरे ।

त्यसभन्दा पहिला उनी विभिन्न पसलमा काम गरे । रोजगारीकै लागि भारतसम्म पुगे । त्यहाँ उनले वर्कशपमा काम गरे । गाडी धुनेदेखि गाडीलाई सामान्य मर्मतसम्मको काम उनले उर्जाका साथ गरे । त्यही अनुभव बटुलेर उनी नेपाल फर्किए । बुवाले सञ्चालन गरेर बन्द भएको मिल खोले । समयअनुसार बदलिनुपर्छ भने झै उनी आइसर गाडी (बस र ट्रक) को डिष्ट्रिब्युटर पनि बने ।
साथै सामे ट्रयाक्टर र हुलास मुस्ताङ गाडीको पनि डिष्ट्रिब्युटरको काम उनले लिए । गाडीको व्यापारमा उचारचढावका अतिरिक्त उनले निरन्तर सफलता प्राप्त गर्दै गए । यही बीचमा उनी कयौंपटक लडे, कति ठक्कर खाए तर, उनले यात्रा रोकेनन् । एकैछिन थकाइ मारे अनि पुनः यात्रामा लम्किए । भनिन्छ, ‘जसरी जंगलको सुन्दरता हरियाली मात्र नभइ सुकेका पात पनि हुन, त्यसरी नै जीवनका सुन्दरता संघर्ष अनि असफलता पनि हुन् ।’ व्यवसाय जीवनमा थकान, ठक्करलाई उनले पूर्णबिराम दिएनन् ।
ति ठक्कर र पीडाले थप उर्जाशील र संघर्षको पाठ सिकायो । आफैँ सिक्दै व्यापारको जग बसाले । ‘सबै कुरा हामीले आफैँ बनाउनुप¥यो । हाम्रोजस्तो राज्यको अस्थिर नीति र अव्यवस्थाका कारण नभोग्नुपर्ने दुःखहरु पनि हामीले भोग्यौँ,’ खनालले भने । २०६९ सालमा ज्ञानेन्द्रले विद्युतीय रिक्साको पनि व्यापार गरे । २०७० सालमा उनी एक पाइला थप अघि बढेर पानस गु्रपका रुपमा अटोमेबाइलसँगै व्यपारको दायरालाई फैलाए र रेमिट्यान्सदेखि कृषि व्यवसायसम्ममा हात हाले ।
उनी अध्यक्ष रहेको उक्त ग्रुपमा हाल बजाज मोटरसाइकल, बजाज फोल ह्विलर, टिभिएसको डिलर, पानस आइएमई रेमिट्यान्स, पानस होटेल र पानस एग्रीकल्चरलगायतका फर्म सञ्चालनमा छन् । ढकेरीमा चार बिघा क्षेत्रफलमा आँप, लिची, कागतीलगतायका फलफूलको खेती गरेका छन् । यसबाहेक गु्रप बाहिर उनले शिक्षामा पनि लगानी गरेका छन् । कोहलपुरको साविकको न्यू बागेश्वरी बहुमुखी क्याम्पस हालको ज्ञानकुन्ज क्याम्पस र दीपज्योति ईंग्लिश बोर्डिङ स्कुलका सञ्चालक पनि हुन् उनी ।
उनका दुई छोरासहित चारजनाको परिवार अहिले व्यापार व्यवसायकै उन्नति प्रगतिमा ध्यान केन्द्रित गरिरहेका छन् । जेठा छोराले बिबिए पूरा गरेका छन् । कान्छा छोराले एसईई । उनी व्यवसायमा व्यवसायीको व्यावसायिक सोच, आइडिया अति जरुरी रहेको बताउँछन् । ‘कुनै पनि व्यवसायीसँग पैसा हुँदैन । उसले आइडिया र प्लान देखाएर बैंकबाट ऋण पाउनुपर्छ,’ उनको धारणा छ, ‘व्यवसायको प्रवद्र्धनमा राज्यका नीतिहरुले खुलेर सहयोग गर्नुपर्छ ।’
आफ्नो उद्देश्यको यात्रामा थकाइ लाग्दा एकैछिन थकाइ बिसाउने मात्र हो आफ्नो यात्रालाई रोक्ने होइन । यो कुरा उनले व्यवसायमा हात हाल्नुभन्दा पहिलानै बुझेको विषय हो । र त आज सफल छन् ।









प्रतिक्रिया दिनुहोस्