संकलित राहत सामाग्री स्थानीय निकायलाई हस्तान्तरण



बाँसगढी, २७ भदौ, ने.क.पा.माओवादी केन्द्र बाँसगढी नगर कमिटिले बाढीपीडितहरुको लागि संकलन गरेका राहत स्थानीय निकायलाई हस्तान्तरण गरेको छ । माआवादी केन्द्रले सोमबार नगद २६ हजार २० रुपैँयाको भौचर सहित केही जिन्सी समान बाँसगढी नगरपालिका र रेडक्रस उपसाखा बाँसगढीलाई हस्तान्त्रण गरेको हो । नेकपा माओबादी केन्द्रका नगर अध्यक्ष बिनाराम थारु (विकल्प)ले बाँसगढी नगरपालिका उपप्रमुख सुष्मा चौधरी, कार्यकारी अधिकृत कमल प्रसाद पौडेललाई २६ हजार २० रुपैयाँको एन.आई.सी बैंकको भौचर र १० थान बच्चाका कपडा सेट, १३ थान चप्पल, ६ थान साडी, १३ थान पाइन्ट, ६ थान टिसर्ट, १ दर्जन कापी १ बन्दल पेन्सील र १३ थान लेडिज कुर्ता सुरुवाल राहत संकलन गरी हस्तान्तरण गरिएका हो ।
राहत वितरण कार्यक्रममा नेपाल रेडक्रस उपशाखा बाँसगढीका संयोजक गोबिन्द प्रसाद शर्मा, वडा नं ४ का अध्यक्ष रजमान चौधरी, वडा नं ५ का अध्यक्ष नरेन्द्र गिरी, वडा नं ६ का अध्यक्ष दशरथ थारु वडा नं ६ सदस्य लाल बहादुर थारु,रमेश शाह, माओवादी केन्द्रका नगर कमिटिका सदस्य जिवन परियार, गोबिन्द हमाल लगायतको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ भदौ २७ गते मंगलबार