सिटीइभिटी कर्णालीका तत्कालिन प्रमुखसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा



बाँके ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) का दुईजना कर्णाली प्रदेश प्रमुखसहित नौजनाविरुद्ध भ्रष्टाचार आरोपमा विषेश अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तालिम सञ्चालनमा भ्रष्टाचार भएको भन्दै उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।

सिटीइभिटीका तत्कालीन कर्णाली प्रदेश प्रमुख भीमकान्त लामिछाने र मोहनबहादुर कार्कीविरुद्ध जनही तीन करोड ४३ लाख ८८ हजार आठ सय १६ रुपैयाँ बिगो माग गरिएको छ । अख्तियारका अनुसार कर्णाली प्रदेश कार्यालयले बिना प्रतिस्पर्धा दैलेखको चामुन्डा बिन्द्रासैनी नगरपालिका–३ स्थित चामुन्डा माध्यमिक विद्यालयलाई विभिन्न तालिम सञ्चालनका लागि रकम उपलब्ध गराएको थियो ।

चामुन्डाले पनि आफैँले तालिम सञ्चालन नगरेर काठमाडौंको इलाइट इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कन्सल्ट्यान्टलाई उक्त जिम्मेवारी दिएको आरोप लागेको छ । चामुन्डाले आफूले तालिम सञ्चालन अनुमति पाउनुअघि नै उक्त कम्पनीसँग सम्झौता गरेको अभियोगपत्रमा अख्तियारले दाबी गरेको छ ।

सिटीइभिटी कर्णाली प्रदेशका लेखा अधिकृत शिवराम रोकाय, चामुन्डाका तत्कालीन प्रधानाध्यापक जयप्रसाद तिमल्सिना, सहलेखापाल नरेशबहादुर शाही, विद्यालय व्यवस्थापन समिति अध्यक्ष नन्दबहादुर शाही र इलाइट इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कन्सल्ट्यान्टका सञ्चालक कुमार शाहीविरुद्ध पनि जनही तीन करोड ४३ लाख ८८ हजार आठ सय १६ रुपैयाँ बिगो माग गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ २७ गते सोमबार