2 October 2023  |   मङ्लबार, अशोज १६, २०८०

शिवालयबाट ठगिएका विद्यार्थीहरु मानसिक तनावमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ ३१, २०७४  

1. विद्यार्थीले प्रहरीस“ग गरे सुरक्षाको माग       2. क्षतिपूर्ति चाँडै दिलाऊ ः स्ववियू अध्यक्ष

कोहलपुर, ३१ जेष्ठ / अछाम कमलबजारका रामबहादुर विष्ट शिवालय टेक्निकल कलेज कोहलपुरमा गतवर्ष साउनमा भर्ना भए । थुप्रै आशा र अपेक्षा लिएर उनी उद्यम विकास सहजकर्ता (ईडिएफ) विषय पढ्न कोहलपुर आएका थिए ।
भविष्य बनाउने आशामा आएका उनी चर्को मूल्य तिरेर भएपनि कलेज भर्ना भए । तर, उनको भविष्य बनाउने सपनामा भने भर्ना भएको ११ महिना
लाग्दा नलाग्दै तुषारापात भयो । उनको मात्रै होइन, उनी जस्तै ८२ जना विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको छ ।
१८ महिने कोर्ष पढाउने अनुमती नलिएको कलेजले अवैधानिक रुपमा एक बर्षदेखि कृषि जेटिए, भेटेरीनरी, होटल म्यानेजमेन्ट र उद्यम विकास सहजकर्ता जस्ता विषय पढाइरहेको थियो । कलेजले प्रति विद्यार्थी ४० हजार रुपैँयामा भर्ना गरेको थियो ।

जेठमा आएर कलेज प्रशासनले रजिष्टे«शन शूल्क भन्दै १५ हजार रुपैँया मागेपछि विद्यार्थीले ठगिएको चाल पाएका हुन् । कलेजमा जेटिए कृषिमा १८, भेटनरीमा २४, होटल म्यानेजमेन्ट २२ र उद्यम विकास सहजकर्तामा १८ जना विद्यार्थी १८ महिने विषय भन्दै पढिरहेका थिए । विद्यार्थीलाई मानसिक तनाव
विद्यार्थीहरु आफूले ठगिएको चाल पाएपछि अहिले मानसिक तनावमा छन् । के गर्ने कसो गर्ने भन्ने कुराले उनीहरुलाई सताएको छ । कतिपय विद्यार्थीहरुले घरमा अझैं ठगिएको विषयमा बताएका छैनन् । ‘परीक्षा चल्दैछ, भनेर झुट बोल्नु परेको छ’ जेटिए पढ्ने प्युठानकी मनिषा थापाले भनिन् । कतिपय विद्यार्थीहरु भोकभोकै भएको थापाले बताइन् ।

चा“डो क्षतिपूर्तिको माग

एक वर्ष त्यसै खेर गएपछि विद्यार्थीहरु कलेज संचालकहरुप्रति आक्रोशित भएका छन् । प्रशासनले ठगी गर्ने संचालकलाई कडा कारबाही गरी चाँडो भन्दा चाँडो क्षतिपूर्ति दिलाउनुपर्ने विद्यार्थीहरुले माग गरेका छन् ।
‘हामीलाई क्षतिपूर्ति चाँडै दिलाइदिए हामी घर जानेथियौं’ जेटिए पढ्दै गरेकी दाङ्गकी गिता पौडेलले भनिन् ‘कारबाही प्रक्रिया अघि बढ्दै गर्छ, हामीलाई क्षतिपूर्ति तत्काल दिनुपर्छ ।’
यता बागेश्वरी क्याम्पसका स्ववियू सभापति दिनेश केसीले पनि विद्यार्थीहरुलाई क्षतिपूर्ति तत्काल उपलब्ध गराउनुपर्ने माग गरेका छन् । आगामी शैक्षिक सत्रका लागि विद्यार्थीहरुलाई अर्को कलेज भर्ना हुन सहज हुने भएकाले चाँडै क्षतिपूर्ति दिनुपर्ने उनले बताए ।
‘विद्यार्थीहरुको भविष्य त बर्बाद हुन दिन भएन नि’ उनले भने ‘क्षतिपूर्ति तत्काल उपलब्ध गराई कारबाही प्रक्रिया अगाडि बढाउनुपर्छ ।’
विद्यार्थीले मागे सुरक्षा

शिवालयबाट ठगिएका विद्यार्थीहरुले प्रहरी प्रशासन समक्ष सुरक्षा माग गरेका छन् । केही व्यक्ति आएर विभिन्न लाञ्छना लगाई हातपात गरेको भन्दै प्रहरीसँग सुरक्षाको माग गरेका
हुन् । उनीहरुले आफूहरु असुरक्षित महसुस गरेको बताएका छन् ।
चार पक्राउ चार फरार
प्रहरीले कलेजका चार सञ्चालकलाई पक्राउ गरी ठगी मुद्दा चलाएको छ । जनक बडुवाल, दिपेन्द्र कठायत, गोमा सिंह र भीम पौडेललाई प्रहरीले ठगी मुद्दा चलाइ अनुसन्धान प्रक्रिया अघी बढाइएको कोहलपुर प्रहरी प्रमुख डिएसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए । सञ्चालक मध्येका चार जना अझैं फरार रहेका छन् ।

प्रकाशित मितिः बुधबार, जेष्ठ ३१, २०७४     12:38:16 PM  |