उद्योग वाणिज्य संघका पदाधिकारीहरुलाई सम्मान



रावन बिश्वकर्मा बाँसगढी,४ जेठ/ बाँसगढी उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलाई बाँसगगढी नगरपालिकाले स्वागत सम्मान गरको छ ।

बाँसगढी नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी बिहिबार वाणिज्य संघको नवनिर्वाचित पदाधिकारीहरुलाई बाँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारी र उपप्रमुख सुष्मा चौधरीले स्वागत तथा सम्मान गरेका हुन ।

गत वैशाख ४ गते भएको निर्वाचनबाट अध्यक्षमा रामसिंह थारु, वरिष्ठ उपाध्यक्षमा बद्रीनाथ बराल, उद्योग उपाध्यक्षमा कृष्ण बहादुर वली, वाणिज्य उपाध्यक्षमा माया कुमारी पौडेल, महासचिवमा युगपति पौडेल, कोषाध्यक्षमा सुरेन्द्र बहादुर कुवर, सह–कोषाध्यक्षमा भोजराज शर्मा विजयी भएका थिए ।

यस्तै सदस्यहरुमा प्रकाश बराल, श्रीकृष्ण देवकोटा, श्यामहरि त्रिपाठीे, इन्द्रजित बुढाथोकी, किशोर भट्टराई, कृष्णप्रसाद बास्तोला, शिवराज तिमल्सेना, गोविन्दबहादुर हमाल, विजयाकुमारी शर्मा र लेखा संयोजकमा शिव देवकोटा सदस्यहरुमा विकास गौतम र महेश अधिकारी विजयी भएका थिए । विजयी पदाधिकारी सबैलाई अबिर लगाएर सम्मान गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ ४ गते शुक्रबार