तीन जिल्लाका अभिकर्ताहरुलाई मोटिभेसन तालिम प्रदान



कोहलपुर,१२ साउन
रिलायन्स लाइभ इन्स्योरेन्स लिमिटेडले तीन जिल्लाका अभिकर्ता÷प्रतिनिधिहरुलाई मोटिभेसनल तालिम प्रदान गरेको छ । कम्पनीमा आवद्ध बाँके,बर्दिया र सुर्खेतका अभिकर्ता÷प्रतिनिधिहरुलाई क्षमता विकास गर्ने उद्देश्यले मोटिभेसन तालिम प्रदान गरिएको हो । रिलायन्स लाइभ इन्स्योरेन्स लिमिटेड कोहलपुर शाखाका प्रमुख पंकज कुमार गुप्ताका अनुसार तीन जिल्लाका अभिकर्ता÷प्रतिनिधिहरुलाई बीमा र बजार तथा बिक्रीवितरणका बारेमा जानकारी दिनको लागि मोटिभेसन तालिम प्रदान गरिएको हो ।

तीन जिल्लामा कार्यरत लिमिटेडसँग आवद्ध प्रतिनिधिहरुलाई व्यवसाय प्रवद्र्धनमा सहयोग पुगोस भन्नका लागि क्षेत्रीयस्तरको तालिम प्रदान गरिएको उनले बताए । ‘प्रतिनिधिहरुको क्षमता विकास गर्ने तालिम आयोजना गरिएको हो । यसले प्रतिनिधिहरुको क्षमता विकास हुनुका साथै आपसी सम्बन्ध समेत विस्तार हुन्छ ।’ उनले भने ।

तालिमको प्रमुख वक्ताको रुपमा बीमा सम्बन्धी अन्र्तराष्ट्रिय मोटिभेसनल प्रशिक्षक विजय कुमार झाले सहभागीलाई मोटिभेसन सम्बन्धि तालिम प्रदान गरेका थिए ।कम्पनीका कोहलपुर शाखाका सिनियर एजेन्सी म्यानेजर रामराज चौधरीले क्षेत्रीय स्तरको तालिममा बाँकेमा पहिलोपटक आयोजना गरिएको हो । उनका अनुसार कम्पनीमा भर्खरै जोडिएका तथा लामोसमयसम्म काम गरिरहेकाहरुलाई पहिलोपटक नै तालिम प्रदान गरिएको हो ।

कम्पनीका चिफ अफिसर सुर्य प्रकाश गुप्ताले तालिमले सहभागीहरुको क्षमता विकासमा सघाउ पु¥याउने विस्वास व्यक्त गरेका थिए । तालिमको प्रमुख अतिथि समेत रहेका उनले आगामी दिनमा समेत यस्ता प्रकारका तालिमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उक्त अवसरमा तीन वटै जिल्लामा कम्पनीसँग आवद्ध रहेका अभिकर्ताहरुलाई सम्मान गरिएको हो ।

 

  • No tags available
प्रकाशित मिति : २०७९ साउन १२ गते बिहीबार