कोहलपुर : ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको अध्यक्षमा चेतकान्त भट्टराई निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा निकटतम् प्रतिद्धन्दी ठाकुरप्रसाद भूसाललाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनी यसअघि पनि ज्ञानोदयको अध्यक्ष थिए । दोेस्रो कार्यकालका लागि भएको निर्वाचनमा उनले कुल ३२७ मत प्राप्त गरे । उनका प्रतिद्धन्दी भूसालले २७६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
सहायक निर्वाचन अधिकृत बद्रिनाथ सापकोटाका अनुसार अध्यक्षका अर्का उम्मेदवार डोलराज अर्यालले ५५ मत प्राप्त गरेका थिए । यस्तै उपाध्यक्ष मणि प्रसाद गैरेले ४२६ मत प्राप्त गरेर समावेशी प्यालनका विजय पुडासैनीलाई पराजित गरेका हुन् । पुडासैनी २३३ मत प्राप्त गरे ।
सचिवमा एकराज शर्मा निर्वाचित भएका छन् । उनले कूल ३४१ मत प्राप्त गरे । उनका प्रतिद्धन्द्धी समावेशी प्यानलका निर्मल आचार्यले २९९ मत प्राप्त गरेपनि पराजित भएका हुन् । कुल ९३० मतदाता रहेकोमा मतदान प्रक्रियामा ७ सय जनाले भाग लिएका थिए । ११ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्