कोहलपुर ।
होटल व्यवसायी संघ बाँके कोहलपुरको अध्यक्षमा मोहन रिजाल निर्विरोध चयन भएका छन् । संघको शनिबारदेखि सुरु भएको पाँचौँ साधारण तथा चौथो अधिवेशनमार्फत अध्यक्षमा रिजालसहित अन्य पदाधिकारी र सदस्य निर्विरोध निर्वाचित चयन भएका हुन् ।
संघको वरिष्ठ उपाध्यक्षमा कृष्णबहादुर रानाभाट, उपाध्यक्षमा लक्ष्मण थापा मगर, महिला उपाध्यक्षमा खिना रानालाई चयन गरिएको छ । यस्तै संघको महासचिवमा लक्ष्मणबहादुर खत्री, सचिवमा विष्णुबहादुर कार्की, कोषाध्यक्षमा खिमराज बेल्बासे तथा सहकोषाध्यक्षमा कमलबहादुर शाही चयन भएका हुन् ।
कार्य समिति सदस्यमा नन्द्रप्रसाद जैशी, नरेशजंग अर्याल, दुर्गाप्रसाद भण्डारी, राजबहादुर कार्की, रामप्रसाद हमाल, प्रेमबहादुर खत्री र सूर्यबहादुर पौडेल चयन भएका नवनिर्वाचित अध्यक्ष रिजालले जानकारी दिए ।
महासचिव खत्रीका अनुसार नवनिर्वाचित कार्य समितिको पहिलो बैठकले कार्य समिति सदस्य संरक्षक र वरिष्ठ सल्लाहकार र सल्लाहकार चयन गरेको छ । मनोनित सदस्यमा सरिता थापा, शरद रेग्मी र मधु खनाल रहेको उनले बताए । यस्तै संघको संरक्षकमा बलराम भट्टराईलाई चयन गरिएको छ भने वरिष्ठ सल्लाहकारमा विश्वराज खनाललाई चयन गरिएको हो ।
सल्लाहकारमा खेमराज शर्मा, प्रदीप भट्टराई, ज्ञानेन्द्र खनाल, टेकबहादुर सिँजाली, मोहदत्त कँडेल, टेकबहादुर बोगटी, भरत खड्का, धने थापा, शोभाखर खनाल र तीर्थ डाँगी छन् । नवनिर्वाचित अध्यक्ष रिजालले संघलाई सम्पूर्णको साथ र सहयोगमा गतिशीलरुपमा अगाडि लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्