बाँके ।
लागूऔषध ब्राउन सुगरसहित प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । भारतीय बजार रुपैडिहाबाट नेपालगन्ज आउँदै गरेका दुई र शंकास्पद हिँडिरहेकालाई चेकजाँच गर्दा तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।
दाङको लहमी नगरपालिका वडा नम्बर ५ का सोनु श्रेष्ठ र सोही ठाउँका विशाल कुँवरलाई प्रहरी पक्राउ गरेको छ । त्यस्तै सोही ठाउँका दिवस डाँगी र दुईजना १७ वर्षीय बालकलाई पक्राउ पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सोनु र विशाललाई शंका लागेर चेकजाँच गर्ने क्रममा सोनुले बोकेको गुडियाको भित्र लुकाइ ल्याएको सात ग्राम ब्राउन सुगर फेला परेको थियो ।
त्यस्तै दिवसले कालो झोलामा लुकाइछिपाई राखेको सेतो प्लास्टिकको पोकामा १८ वटा पुडिया तौल गर्दा १७ ग्राम खैरो हिरोइन (ब्राउन सुगर) भेटिएको थियो ।
अहिले उनीहरु र लागूऔषध ब्राउन सुगरलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति : २०७९ जेठ ३१ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्