30 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

नरैनापुरमा संघीय समाजवादी फोरम बिजयी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, असार १७, २०७४  

नेपालगञ्जमा राप्रपा, कोहलपुरमा कांग्रेस अगाडि

कोहलपुर, १७ असार / बाँकेको नरैनापुर गाउँपालिकाको मत परिणाम आएको छ । नरैनापुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा संघीय समाजवादी फोरमले जित निकालेको हो ।
फोरमका इस्तियाक अहमद शाह अध्यक्ष र फोरमकै जयन्ती श्रीवास्तव उपाध्यक्ष पदमा भारी मतका साथ बिजयी भएका छन् ।
यो समाचार तयार पार्दा सम्म नेपालगञ्ज उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी अग्रस्थानमा छ । मेयर र उपमेयरमा राप्रपा २५०० र १४८८, काँगे्रस १३९० र १७५०, माओवादी केन्द्र १४९० र ९८६ एमाले १३४४ र १२४७ रहेको छ ।
राप्रपाले मेयरमा अग्रस्थानमा रहेपनि उपमेयरमा भने कांग्रेस अगाडि छ । राप्रपामा महामन्त्री समेत रहेका डा. धवल सम्शेर राणाले अन्य प्रमुख दललाई पछाडि पारिरहेका छन् । राणा नेपालगञ्जका पूर्व मेयर समेत हुन् ।
कांग्रेसबाट मेयरमा नेपालगञ्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेश कुमार कनोडिया, माओवादी केन्द्रबाट मेयर उम्मेदवार दामोदर आचार्य र एमालेबाट समसुद्धिन सिद्धिकी मैदानमा छन् ।
कोहलपुरमा भने कांग्रेसले अग्रस्थान कायम राखेको छ । मेयर र उपमेयरमा नेपाली कांग्रेस ११०५ र ११६५, नेकपा एमाले ७६१ र ८३३, लोकतान्त्रिक फोरम ६२१ र ५२४ र नेकपा माओवादी केन्द्र ५७८ र ५४४ छ । कोहलपुरमा नेपाली कांग्रेसबाट भानुभक्त भट्टराई, नेकपा एमालेका लुटबहादुर रावत, नेकपा माओवादी केन्द्रका नरेन्द्र न्यौपाने, लोकतान्त्रिक फोरमका फुलाराम थारु मेयरका लागि मैदानमा छन् । कोहलपुरमा १ र १५ को मतगणना सम्पन्न भैसकेको छ । २ नं. को गणना हुँदैछ ।
बैजनाथ गाउँपालिकामा अध्यक्ष÷उपाध्यक्षमा एमाले १४३७÷१४१८ कांग्रेसको १०३९÷१०६९, माओवादी केन्द्र ३०१÷२७६ छ ।
खजुरा गाउँपालिकामा अध्यक्ष÷उपाध्यक्ष एमाले १७१६÷१७१६, माओवादी केन्द्र ८३९÷७१६ र नेपाली काँग्रेस ५४१÷५७६ छ ।
राप्ती सोनारीमा अध्यक्ष÷उपाध्यक्ष नेपाली कांग्रेस १७९४÷१८२३, एमाले १६३४÷१६७२ र माओवादी १०००÷९६७ रहेको छ ।
डुडुवा गाउँपालिकामा अध्यक्षमा कांग्रेस ८२१, समाजवादी फोरम ७८६, राप्रपा २३४, माओवादी १२९ छ ।
जानकी गाउँपालिकामा अध्यक्ष÷उपाध्यक्ष राप्रपा ५१४÷३७४, संघिय समाजबादी फोरम ५०७÷४५०, नेपाली काँग्रेस ३४४÷२१२, एमाले २०२÷२५३ र माओवादी केन्द्र २५०÷२४८ रहेको छ ।
बाँकेका वडामा
कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ । कोहलपुर नगरपालिका वडा नम्वर १५ मा नेपाली कांग्रेसका पतिराम थारु अध्यक्ष सहित प्यानल नै विजयी भएको छ । कोहलपुर १ नम्वर वडामा नेकपा एमालेका गोपी खनाल सहित प्यालननै जितेको छ ।
नेपालगञ्ज वडा नं. १ मा एमालेको प्रमोद रिजाल बिजयी भएका छन् । नेपालगन्ज २ मा नेपाली काँग्रेसका सुनिल सिंह हमाल, वडा नम्बर ३ माओवादी केन्द्रका अयुब सिद्दिकी र २३ मा संघीय समाजवादी फोरम मोहमद हुसैन बिजयी भएका छन् ।
त्यस्तै राप्ती सोनारी गाउँपालिकामा वडा नम्वर १ मा नेपाली कांग्रेसका चन्द्र बहादुर वली अध्यक्षमा विजयी भएका छन् । ९ मा वडा अध्यक्ष नेपाली कांग्रेसकै महाविर वली सहितको प्यानल नै विजयी भएका हो । यस्तै बैजनाथ गाउँपालिका १ मा नेकपा एमाले बिजयी भएको छ । एमालेका रुपबहादुर मल्ल सहितको प्यानल नै बिजयी भएको हो । जानकी गाउँपालिका १ मा संघीय समाजवादी फोरमबाट मोहम्मद रजाराई प्यानल बिजयी भएको छ ।

प्रकाशित मितिः शनिबार, असार १७, २०७४     12:35:38 PM  |