Braking: मधुवनमा प्रदर्शनकारीमाथि प्रहरीले गोली चलायो, एकको मृत्यु



बर्दिया ।

बर्दियामा जंगली जनावरबाट सुरक्षाको माग गर्दै भएको प्रदर्शनमा १ जनाको मृत्यु भएको छ । बर्दियाको मधुवनमा स्थानीय र प्रहरीबीच झडप हुँदा स्थानीय १ महिलाको मृत्यु भएको हो ।

प्रहरीले भीड नियन्त्रणमा लिन दर्जनौं अश्रुग्यास प्रहार गरेको छ भने स्थानीय घाइते भएका छन् ।

बाघको आक्रमण बढेपछि मधुवन–२ चमेली गौडी सामुदायिक वनका अध्यक्ष कालीराम थारुको नेतृत्वमा चक्काजाम गरिएको छ । चक्काजाम भएपछि गुलरिया–राजापुर सडकखण्ड बन्द भएको छ ।

अहिले सो क्षेत्रको स्थिती तनावग्रस्त रहेको छ । यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ २३ गते सोमबार