नेपालगन्जका दुईवटा किराना पसललाई जरिवाना



नेपालगन्ज ।

नेपालगन्जमा बजार अनुगमनका क्रममा दुईवटा किराना पसलमा केही सामानहरुको खरिद बिल नराखिएको पाइएपछि जरिवाना गराइएको छ ।

नेपालगन्जको बसपार्क क्षेत्रका किराना पसलहरुमा गरिएको संयुक्त अनुगमनका क्रममा खरिद बिल नराख्ने बाइपास रोडका दुई किराना पसललाई पाँच-पाँच हजारका दरले जरिवाना तिराइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख कृष्ण पौडेलले जानकारी दिए ।

चारवटा किराना पसलमा गरिएको अनुगमनमा सबै पसलहरुबाट गरी अखाद्य एवम् म्याद गुज्रिएका नौ हजार बराबरका सामग्रीहरु जफत गरी नष्टसमेत गरिएको पौडेलले जानकारी दिए ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयको अगवाइमा भएको अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण, जिल्ला प्रशासन, नापतौल कार्यालय र नेपालगन्ज उपमहानगरपालिकालगायतका कार्यालयका प्रतिनिधिहरु सहभागी थिए । ती कार्यालयहरुलाई पहिलो चोटीलाई चेतावनीस्वरुप जरिवाना तिराइएको पौडेलले बताए ।

 

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ २० गते शुक्रबार