कोहलपुरमा रोकिराखेको ट्याक्टरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका– १५ अक्कलघरुवामा रोकिराखेको ट्याक्टरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सडक छेउमा रोकिराखेको भे १ त ८९७६ नम्बरको ट्याक्टरमा गएराति साढे ११ बजे भे ४ प १०३३ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालक बाँकेको खजुरा गाउँपालिका– ५ का ३३ वर्षीय सुमन शर्माको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको कोहलपुर प्रहरीले जनाएको छ । ट्याक्टरसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ २० गते शुक्रबार