बाँके ।
बाँकेको नेपालगञ्जस्थित धम्बोजी चोक (वीरेन्द्र चोक) बिहीबार बिहानैदेखि तनावग्रस्त भएको छ । राजावादीको एक समूहले स्वर्गीय राजा वीरेन्द्रको सालिक राखेपछि प्रहरी प्रशासनले हस्तक्षेप गरेपछि तनाव भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।
२०६२/६३ को जनआन्दोलनमा धम्बोजी चोकस्थित वीरेन्द्रको सालिक तोडफोड भएको थियो । त्यसपछि वीरेन्द्रको सालिक हटाएर त्यहाँ राष्ट्रिय झण्डा राखिएको थियो ।
सो स्थानमा आज दरबार हत्याकाण्डको दिनको सन्दर्भ पारेर केही स्वतन्त्र अभियन्ता, राष्ट्रवादी युवा समूह र राप्रपाका नेता कार्यकर्ताहरु वीरेन्द्रको सालिक राखेका थिए । उनीहरुले राष्ट्रिय झण्डा हटाएर वीरेन्द्रको सालिक राखेका थिए । अहिले वीरेन्द्रको सालिक त्यहाँबाट प्रहरीले हटाइसकेको छ ।
प्रकाशित मिति : २०७९ जेठ १९ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्