काठमाडौँ ।
सुरक्षाकर्मीले तारा एयरको विमान दुर्घटनामा परी मृत्यु भएकाहरूको शव संकलन गरिरहेका छन् ।
आइतबार बिहान जोमसोमका लागि उडेको तारा एयरको ९-एनएईटी ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सानोसरे भीरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेसँगै त्यहाँ पुगेको उद्धार टोलीले शव संकलन गर्न लागेको हो ।
तारा एयरको ट्विनअटर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव संकलनपश्चात काठमाडौं ल्याउने तयारी भइरहेको सिभिल एभिएसनका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले बताए ।
![]()
![]()
![]()
![]()
![]()
![]()
प्रकाशित मिति : २०७९ जेठ १६ गते सोमबार









प्रतिक्रिया दिनुहोस्