कोहलपुर ।
कोहलपुर जेसिजले कोहलपुरका नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गरेको छ । शनिबार एक कार्यक्रमका बीच उनीहरुलाई स्वागत तथा सम्मान गरिएको हो । नवनिर्वाचन नगर प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख संगीता सुवेदी, वडाध्यक्ष तथा वडा सदस्यहरुलाई स्वागत तथा सम्मान गरिएको छ ।
कोहलपुर जेसिजका पदाधिकारीले जनप्रतिनिधिलाई खादा तथा अबीर लगाइदिएर स्वागत तथा सम्मान गरेका थिए । उक्त अवसरमा बोल्दै नगर प्रमुख आचार्यले कोहलपुर विकासका लागि जेसिज जस्ता सामाजिक संघसंस्थाको समेत ठूलो भूमिका हुने बताए ।
‘हामीले मात्रै चाहेर कोहलपुरको विकास र समृद्धि सम्भव हुँदैन,’ उनले भने, ‘यहाँको विकास र समृद्धिको लागि नगरपालिका सबैसँग हातेमालो गरेर अगाडि बढ्न तयार छ ।’ नगर उपप्रमुख संगीता सुवेदीले युवाहरुको व्यक्तित्व विकास गर्नमा कोहलपुर जेसिजले ठूलो भूमिका खेलिरहेको बताइन् ।
‘कोहलपुर जेसिजको नेतृत्व एक कार्यकाल मैले पनि गरिसकेकी छुँ । अहिले पनि युवाहरुको नेतृत्व विकास जेसिजले भूमिका खेलिरहेको छ,’ उनले भने, ‘आगामी दिनमा सामाजिक काममा समेत जेसिजले भूमिका अझै खेलोस् ।’ कोहलपुरको विकास र समृद्धिका लागि युवाहरुलाई भूमिका खेल्न नगर उपप्रमुख सुवेदीले आग्रह गरिन् ।
युवाहरुले गर्ने हरेक कामहरुमा नगरपालिकाको साथ र सहयोग हुने उनले बताइन् । ‘कोहलपुरको विकास र समृद्धिको लागि तपाईंहरु जस्ता युवाहरुको साथ र सहयोग अपरिहार्य हुन्छ,’ उनले भनिन्, ‘तपाईंहरु अगाडि बढ्नुहोस्, नगरपालिकाले साथ सहयोग गर्छ ।’
स्वागत तथा सम्मान कार्यक्रममा कोहलपुर नगरपालिका नवनिर्वाचित जनप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्