नेपालगन्ज ।
नेपालगन्जको न्यूरोड, बसपार्क र टांगा स्टैण्ड आसपासका क्षेत्रका होटल, कटेज तथा नास्ता पसलहरुबाट वडा प्रहरी कार्यालय नेपालगन्जले एकै दिन २५ जनालाई अवाञ्छित यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलाएको छ ।
होटल, रेस्टुरेन्ट र नास्ता पसलहरुमा आवाञ्छित गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा आइतबार छापा मार्दा एकै दिन २५ जना पक्राउ परेका हुन् । उनीहरुलाई आपत्तिजनक अवस्थामा फेला पारिएको बाँके प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।
प्रहरीका अनुसार चन्दननाथ होटेलबाट एकजना महिला, नारायण सल्लीबजार होटलबाट एकजना होटल सञ्चालक पुरुष र दुईजना महिलापुरुष, आयुश नास्ता पसलबाट एकजना होटल सञ्चालक महिला र तीनजना महिला, रिभरसाइड कटेजबाट सञ्चालकसहित पाँचजना पुरुष एवम् ६ जना महिलासहित ११ जना र कर्णाली सन्देश होटलबाट सञ्चालकससहित सातजना गरी जम्मा २५ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको हो । तीमध्ये १७ जना महिला र आठजना पुरुष छन् ।
नेपालगन्जको न्यूरोड, बसपार्क र टांगा स्टेण्ड क्षेत्रमा साँझको समयमा नास्ता खान आउने बाहनामा अवाञ्छित क्रियालाप भइरहेको भनेर स्थानीयहरुले दिएको सूचनाका आधारमा छापा मारिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई अभद्र व्यवहारको मुद्दा चलाइएको प्रहरी प्रवक्ता न्यौपानेले बताए ।









प्रतिक्रिया दिनुहोस्