कोहलपुर प्रहरी कार्यालय अगाडि चक्काजाम



कोहलपुर ।

सवारी दुर्घटनाको विषयलाई लिएर मृतकका आफन्तहरुले ईलाका प्रहरी कार्यालय कोहलपुर अगाडी चक्काजाम गरेका छन् ।

बुधबार दिउँसो कोहलपुरको पिपल चौतारा नजिकै पट्टा भाँचिएको भारतीय ट्रकले किच्दा एक अटो चालकको मृत्यु भएको थियो ।

दोषीलाई कारबाही, मृतकका परिवारलाई उचित क्षतीपूर्ती दिनुपर्ने लगायतका माग राखेर आज पनि मृतक आफन्त तथा अटो चालकहरुले प्रहरी कार्यालय अगाडि चक्काजाम गरेका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ १२ गते बिहीबार