नेपालगन्ज ।
नेपालगन्जस्थित भेरी अस्पताल यस वर्ष पनि न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा संघीय अस्पतालहरुमा उत्कृष्ट रहेको पाइएको छ ।
स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागले हरेक वर्ष गर्ने गरेको देशभरिका विभिन्न अस्पतालहरुको मूल्यांकनमा भेरी अस्पताल उत्कृष्ट रहेको पाइएको हो ।
अस्पताहरुको लेखा प्रशासन, अस्पतालभित्र चल्ने क्लिनिकल सेवा, सहायता सेवा, व्यवस्थापन पक्षलगायत सबै प्रकारको अवस्था हेरेर उक्त मूल्यांकन गर्ने गरिन्छ । मन्त्रालयका सहसचिवको टोलीले गर्ने उक्त मूल्यांकनको आधारमा अंक दिने गरिएको छ ।
त्यसअनुसार आर्थिक वर्ष २०७८/७९ मा भेरी अस्पतालले ६७ अंक प्राप्त गरेको अस्पताललका मेसु डा. वीरेन्द्रबहादुर चन्दले जानकारी दिए ।
गत वर्ष पनि भेरी अस्पताल ६१ अंकका साथ संघीय अस्पतालहरुमा उत्कृष्ट साबित भएको थियो ।
प्रकाशित मिति : २०७९ जेठ १२ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्