माओवादीको गढ कोहलपुर– ४ बाट कांग्रेसका मेयर उपमेयरलाई सर्वाधिक मत



बाँके ।

कोहलपुर नगरपालिकाको नगर प्रमुखमा कांग्रेसका पुर्ण आचार्यले अग्रता कायमै राखेका छन् । आचार्य ४९२ मातन्तरका साथ अग्रता कायम गरिरहेका छन् ।

हालसम्म कोहलपुर वडा नम्बर १,२,,३,४,१३,१४ र १५ मा २०१४८ मतगणना हुँदासम्म कांग्रेसका आचार्यले ६०४७ मतका साथ अग्रपंतीमा छन् । नेकपा एमालेका खिल प्रसाद भुसालल ५५५५ मतका साथ दोस्रो स्थानमा छन् ।

माओवादीका नरेन्द्र न्यौपाने ४९०० मत ल्याएर भुसाललाई पछ्याउँदै छन् ।

त्यस्तै उपप्रमुखमा कांग्रेसकी संगीता सुवेदीले ६२७७ मत ल्याउदै अग्रस्थानमा छिन् भने नेकपा एमालेकी अस्मिता चौधरीले ४९४६ मत प्राप्त गरेकी छिन् । मतगणना अहिलेपनि जारी छ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ ४ गते बुधबार