भरतपुरमा रेनु दाहालले बनाइन् २१९८ मतको अग्रता



भरतपुर ।

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले अग्रता बनाएकी छन् ।

३१ हजार ६९३ मत गणना हुँदा मेयरका उम्मेदवार उनले २१९८ मतको अग्रता बनाएकी छन् । अहिले भरतपुर महानगरपालिका वडा नम्बर ७ र ८ को मत गणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जसअनुसार दाहालले ११७१६ मत पाएकी छन् भने एमालेका उम्मेदवार विजय सुवेदीले ९५१८ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५१४७ मत पाएका छन् ।

उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले १३८९१ मत पाउँदा राप्रपाकी हिमला गुरुङले ७७२८ मत पाएकी छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ ४ गते बुधबार