बर्दिया।
बर्दियाको मधुवन नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसले जित हासिल गरेको छ।
८ हजार ७७५ मतसहित कांग्रेसका तेजबहादुर भाट मेयरमा निर्वाचित हुँदा उनका निटतम प्रतिद्वन्द्वी नेकपा ९माओवादी केन्द्र० लक्ष्मि प्रसाद शर्माले सात हजार ९३१ मत ल्याए।
उपमेयरमा कांग्रेसकी अनिता चौधरी ८ हजार ३३५ मतसहित विजयी भइन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा ९माओवादी केन्द्र० की सुभद्रा थारुले सात हजार ८९९ मत प्राप्त गरेकी छन्।
प्रकाशित मिति : २०७९ जेठ ४ गते बुधबार









प्रतिक्रिया दिनुहोस्