बैजनाथमा १०२३१ मतगणना गर्दा कांग्रेसको अग्रता कायमै



कोहलपुर ।

बैजनाथ गाउँपालिकामा १०२३१ मतगणना गर्दा पालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवारहरुले अग्रता कायमै राखेका छन् ।

वडा १ को ३८३९, वडा २ को २००२ र वडा नं ८ मा ४३९० मतगणना गर्दा अध्यक्षमा कांग्रेसका शाहीले ४०९८ मत ल्याउँदै अग्रता कायमै राखेका हुन् । उपाध्यक्षमा कांग्रेसकै निर्मला रोकायले ४०३४ मत ल्याउँदै अग्रता कायम राखेकी छन् ।

कांगेसलाई एमालेका घननाथ खनालले ३५५२ ल्याउँदै पछ्याइरहेका छन् । उपाध्यक्षमा एमालेकै प्रेम पूर्ण योगीले ३७३५ ल्याएकी छिन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ ४ गते बुधबार