डुडुवाको अध्यक्षमा काँग्रेसका चौधरी र उपाध्यक्षमा बानो दोस्रो कार्यकालका लागि विजयी



नेपालगञ्ज ।

बाँकेको डुडुवा गाउँपालिकामा नेपाली काँग्रेसले जितेको छ । अध्यक्षमा नरेन्द्र कुमार चौधरी र उपाध्यक्षमा साहिदा बानो निर्वाचित हुनुभएको छ । दुवै जना पालिकामा दोहोरिनुभएको हो । चौधरी ६२७२ मतका साथ निर्वाचित हुँदा बानोले ५८८४ मत पाएकी पाउनुभएको छ ।

चौधरीका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी ९जसपा० नेपालका भण्डारीलाल यादवले ५१२५ मत र बानोका निकटतम प्रतिद्वन्द्वी जसपाकै तरुन्नुम बानोले ४७५४ मत प्राप्त गरेको निर्वाचन अधिकृत फटिकराज मुडभरीले जानकारी दिनुभयो ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ ४ गते बुधबार