खजुरामा पछि परे सुमन, तुफान ३० मतले अघि



बाँके ।

बाँकेको खजुरा गाउँपालिकाको अध्यक्षमा गठबन्धनले अग्रता लिएको छ । यहाँ एमाले र गठबन्धनबीच कडा टक्कर छ ।

जारी मतगणनामा एमाले भन्दा गठबन्धनका उम्मेदवार ३० मतले अघि छन् । नेकपा माओवादी केन्द्रका डम्बर विक तुफानले ७५२७ र एमालेका उम्मेदवार सुमन मल्लले ७४९३ मत ल्याएका छन् ।

उपाध्यक्षमा पनि गठबन्धनबाट चुनाव लडेकी कांग्रेसकी मञ्जु मल्ल अगाडि छिन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ ३ गते मंगलबार