खजुरामा तुफानले घटाए मतान्तर, सुमन ८५ मतले मात्रै अगाडि



बाँके ।

खजुरा गाउँपालिकामा माओवादी–कांग्रेस गठबन्धनका उम्मेदर डम्बर विक (तुफान)ले मतान्तर कम गर्दै लगेका छन् ।

वडा नम्बर १, २, ३, ४ र ५ को मतगणना सम्पन्न हुँदा एमालेका सुमन मल्लले ८५ मतले मात्र अग्रता लिएका छन् ।

बिहान १० बजेसम्मको मतगणनाअनुसार एमालेका मल्लले ७४११ र गठबन्धनका तुफानले ७३२६ मत ल्याएका छन् । अझै वडा नम्बर ६, ७ र ८ को मत गन्न बाँकी रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ ३ गते मंगलबार