भरतपुरमा रेनुले ५९ मतले बढाइन् अग्रता



चितवन ।

चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन्। १७ हजार ८४६ मत गणना हुँदा उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीलाई ५९ मतले पछि पारेकी छन्।

यसअघि रेनु ३० मतले अगाडि थिइन्। मंगलबार बिहान १० को नतिजाअनुसार उनले ५ हजार ९४७ मत ल्याएकी छन्।

एमालेका सुवेदीले ५ हजार ८८८ मत पाएका छन्। भरतपुर महानगर प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले २ हजार ९०५ मत प्राप्त गरेका छन्।

भरतपुर महानगरको उपप्रमुखका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार चित्रसेन अधिकारीले ७ हजार २५७ मत ल्याएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का हिमला गुरुङले ४ हजार ८२२ मत पाएकी छन्। भरतपुरमा अहिले मतगणना भइरहेको वडा नम्बर ५ को वडाध्यक्षमा कांग्रेसले २८३ र एमालेले २६० मत ल्याएका छन्।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ ३ गते मंगलबार