राप्ती सोनारीमा कांग्रेस २ मतले एमालेभन्दा पछाडि



नेपालगन्ज ।

बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका रामदास थारुले २ मतले अग्रता लिएका छन् । कांग्रेसका तप्त पौडेल दोस्रो स्थानमा रहँदै थारुलाई पछ्याइरहेका छन् ।

अहिलेसम्मको मतगणना अनुसार एमालेका थारुले ७३७६ मत ल्याउँदै पहिलो स्थानमा छन् भने कांग्रेसका पौडेल ७३७४ मतका साथ दोस्रो स्थानमा छन् । पौडेल थारु भन्दा २ मतले पछि छन् ।

त्यस्तै माओवादीका अध्यक्षका उम्मेदवार पट्टु थारुले ६४६५ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा एमालेकै अग्रता छ । एमालेकी चमेली बागवलको ७४७७, कांग्रेसकी मनिषासिंह थारुको ७२८९ र माओवादीकी मन्जु रोकायले ५९३० मत पाएका छन् । अहिले वडा नं. ५, ६ र ७ को मतगणना जारी छ ।

May be an image of ‎text that says '‎राप्ती सोनारी गाउपालिका राजनितिक दल अध्यक्ष रुख ७३७६ ७३७४ हसिया हतोडा उपाध्यक्ष वडानं. मत संख्या गनेको मत ७४७७ १ २६९२ 2692 ७२६९ ४६५ሂ ५९३० ३२२० ६४६५ छाता हलो ७७ 4655 ३ कलम ६७० 3220 لا ४०९९ ६०९ 4099 ሂ लाउडस्पिकर तिर ३5३६ ६ 1324 धारा ७ 500 ४੧७२ ४४०३ 1000 २5० २5०5 २१९६२ 2808 ३०5१ २१६५३ 3081 23379‎'‎

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ २ गते सोमबार