कांग्रेसले तालाबन्दी गरेपछि बाँकेको वैजनाथमा मतगणना स्थगित



बाँके ।

बाँकेको वैजनाथ गाउँपालिकामा मत गणना स्थगित भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मत गणनामा संलग्न कर्मचारीको निष्पक्षतामिथ प्रश्न उठाएपछि गणना स्थगित भएको छ ।

वैजनाथ गाउँपालिकाका निर्वाचन अधिकृत टेकबहादुर थापाले अहिले मतगणना स्थगित भएको बताए ।

‘अहिले मतगणना स्थगित भएको छ, म टेन्सनमा छु,’ उनले भने । नेपाली कांग्रेस वैजनाथ गाउँपालिका सभापति देवबहादुर केसीले मतगणनामा खटिएका कर्मचारीको शंकास्पद गतिविधि देखिएपछि आफूहरुले त्यहाँ खटिएका कर्मचारी परिवर्तन गर्नुपर्ने माग राखेको बताए ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ १ गते आइतबार