कांग्रेस-एमाले-विप्लव गठबन्धनलाई हराउँदै रोल्पाको थवाङमा माओवादीले जित्यो



रोल्पा ।

रोल्पाको थवाङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका ऋषिकेशव बुढामगर निर्वाचित भएका छन्। उनी कांग्रेस-एमाले-विप्लब गठबन्धनका उम्मेदवार दलजित रोकालाई पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन्।

अध्यक्ष बुढामगरले २ हजार १ सय २२ मत पाउँदा रोकाले जम्मा एक हजार ५ सय ५ मत पाए। रोकाले नेकपा विप्लव समूह, कांग्रेस र एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिँदा लौरो चुनाव चिह्न पाएका थिए।

उपाध्यक्षमा पनि माओवादी केन्द्रकै सर्मिला बुढामगर निर्वाचित भएकी छन्। उनले दुई हजार मत पाइन् भने विप्लव समूहबाट रायबहादुर पुनले एक हजार ४ सय ५० मत पाए।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ १ गते आइतबार