जानकी–१ र नेपालगञ्ज-२२ मा जसपा निर्वाचित



 बाँके ।

बाँकेको जानकी गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा जसपाका मोहम्मद रजा राई निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार राजु काँदुलाई पछि पार्दै राई वडा अध्यक्षमा प्यानलसहित निर्वाचित भएका छन् ।

राईले १ हजार १ सय ७४ मत र काँदुले ८ सय ४० मत प्राप्त गरेका छन् । यो वडामा ४०४२ मत मध्ये ३२४२ मत खसेको थियो । वडा नं १ मा १ सय २० मत बदर भएको छ ।

यस्तै बाँकेको नेपालगञ्ज २२ को वडाअध्यक्ष पदमा जसपाकै अबदुल गफ्फार हलवाई विजयी हुनुभएको छ । उनले निवर्तमान अध्यक्ष समेत रहेका नेपाली कांग्रेसका विद्यालराम बर्मालाई पराजित गरे ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ १ गते आइतबार