नेपालगन्जको मतगणना भेरी प्राविधिकमा सुरु



बाँके ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । शनिबार बिहान साढे १० बजेबाट भेरी प्राविधिक शिक्षालयको सभाहलमा मतगणना सुरु भएको हो ।

अहिले त्यहाँ वडा नम्बर १ र वडा नम्बर २३ को मतगणना भइरहेको छ । कडा सुरक्षा घेरामा मतगणना भइरहेको हो ।

नेपालगन्ज वडा नम्बर १ मा ४३३९ मध्ये ३०२५ मत खसेको थियो भने वडा नम्बर २३ मा सबै भन्दा कम ९४५ जना मतदाता रहेका छन् । दुबै वडामा ६÷६ जना वडाध्यक्षका उम्मेदवार रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख ३१ गते शनिबार