बाँके ।
स्थानीय तह निर्वाचनमा मतदान गर्न मतदाताहरु बिहानैदेखि लाइनमा बसेका छन् ।
मतदान बिहान ७ बजेदेखि सुरु हुने भए पनि मतदाताहरु त्योभन्दा अगाडिदेखि नै लाइनमा बसिरहेका थिए । अहिले मतदान सुरु भइसकेको छ । आफ्नो पालोको लागि बाँकेका विभिन्न मतदान केन्द्रहरुमा मतदाताहरु लाइनमा बसिरहेको देखिएको छ ।
आज बिहानको समयमा मौसम सफा देखिएकाले यही मौकामा छिटै मतदान सक्ने र नियमित काममा फर्किनका लागि छिट्टै आएर लाइनमा बसेको मतदाताहरुले बताएका छन् ।
बिहान मौसम शीतल भएका कारण युवादेखि अशक्त र ज्येष्ठ नागरिकहरु मतदानको लाइनमा छन् । दलका प्रतिनिधि र स्वयंसेवक पनि मतदातालाई सहयोगका लागि खटिएका छन् ।



प्रकाशित मिति : २०७९ वैशाख ३० गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्