बाँके ।
नेपालगन्ज-रुपैडिया सीमाबाट लागूऔषध ‘खैरो हेरोइन’ (ब्राउन सुगर) सहित दुई जना पक्राउ परेका छन । भारतको रुपैडियाबाट नेपाल ल्याउँदै गरेको अवस्थामा ६ ग्राम लागूऔषध ‘खैरो हेरोइन’ (ब्राउन सुगर) सहित दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको हो ।
बिहीबार, वैशाख २२, २०७९ आज दिउसो ३ बजे नेपालगन्ज उपमहानगरपालिका वडा नं- १५ जमुनाहबाट ६ ग्राम लागूऔषध ‘खैरो हेरोइन’ (ब्राउन सुगर) सहित दुई जनालाई ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्युरो बाँकेको संयुक्त टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाँकेको बैजनाथ गाउँपालिका वडा नं- ३ बस्ने २३ वर्षीय कृष्ण प्रसाद रेग्मी र दैलेखको नारायण नगरपालिका वडा नम्बर – ९ बस्ने २४ वर्षीया दिपिका पुन मगर रहेका छन ।
भारतको रुपैडियाबाट नेपाल आउँदै गरेको भे १२ प १४९७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्युरो बाँकेको संयुक्त टोलीले चेकजाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको बाँके प्रहरीले जानकारी दिएको छ ।
आफूले लगाएको पाइन्टको अगाडिको दाहिने जेबमा लागूऔषध ‘खैरो हेरोइन’ (ब्राउन सुगर) लुकाएर राखेको अवस्थामा रेग्मीलाई पक्राउ गरिएको बाँके प्रहरीले जानकारी दिएको छ ।









प्रतिक्रिया दिनुहोस्