सल्यान घुईयाबारी सडक बनाएरै छाड्छौंः भुषाल



बाँके ।

नेकपा एमालेको तर्फबाट कोहलपुर नगरपालिकाका मेयरका उम्मेदवार खिलप्रसाद भुषालले सल्यान घुईयाबारी सडक बनाएरै छाड्ने बताएका छन् ।

सोमबार बिहान कोहलपुर–१२ चप्परगौडीमा भएको एक चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले सल्यान घुईयाबारी सडक बनाएरै छाड्ने प्रतिबद्धता जनाएका हुन् ।

आफु कोहलपुरको मेयरमा निर्वाचित भएमा यो सडक खण्ड निर्माणलाई पूर्णता दिने उनले दाबी गरे । ‘म जनताको सेवामा बाँचेको मान्छे हो । जनताको थप सेवा गर्न चाहन्छु’ उम्मेदवार भुषालले भने, ‘एकपटक मलाई निर्वाचित गराउनको लागि तपाईहरुले भोट गरिदिनुहोला । तपाईका आशालाई म खेर जान दिन्न ।’

अर्को प्रसंगमा उनले मध्यवर्ती क्षेत्रका जनतालाई निकुञ्ज अभिशाप होईन बरदान सावित हुने योजना बनाइने बताए ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख १९ गते सोमबार