30 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

कोहलपुर एमालेद्धारा उम्मेदवार परिचयात्मक अभियान सुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख १४, २०७९  

बाँके ।

नेकपा एमालेले कोहलपुर नगरपालिकामा उम्मेदवार परिचयात्मक कार्यक्रम सञ्चालन गरेको छ । एमाले कोहलपुर नगरपालिका प्रचारप्रसार समितिले सञ्चालन गरेको सप्ताहव्यापी उम्मेदवार परिचयात्मक कार्यक्रम जारी रहेको हो ।

हाइ कमाण्डको साथमा उम्मेदवार परिचयात्मक कार्यक्रम जारी रहेको कोहलपुर एमाले प्रचारप्रसार विभागका संयोजक उमेश गुरागाईले जानकारी दिए । यो अभियान आउँदो आइतबारसम्म जारी रहनेछ ।

मंगलबारसम्म उम्मेदवार परिचयात्मक कार्यक्रम वडा नम्बर– १, २ र ३ मा सम्पन्न भइसकेको थियो । आज बुधबार बिहानैबाट समेत अन्य वडाहरुमा अभियान जारी गरेको संयोजक गुरागाईले बताए ।

May be an image of 8 people, people standing, outdoors and text that says 'ALO QUAD CAMERA Shot 2022/ 04 2608:47'

‘हाम्रा उम्मेदवारलाई जनतासँग चिनाउँने यो कार्यक्रमको उद्देश्य हो’ उनले भने, ‘हामी आक्रमक तरिकाले चुनावी प्रचारप्रसारमा होमिएका छौं ।’ अभियान अन्तर्गत हुने भेलाहरुमा मतदातालाई उम्मेदवारहरुले नगर र वडाका प्रतिवद्धता समेत जनाउने गरेका छन् ।

उम्मेदवार परिचयात्मक कार्यक्रममा केन्द्रीय सदस्य सूर्य ढकाल, प्रदेश कमिटी सदस्य बसन्ती अधिकारी, जिल्ला कमिटी सदस्य खेम शर्मा , बलराम भट्टराई लगायत नेताहरुको उपस्थिती रहने गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले एमाले उम्मेदवार विजयी बनाउन सबैसँग अपिल गरे । उनले लोकतन्त्र र समृद्ध कोहलपुर निमार्णमा स्थानीय सरकार एमालेको नेतृत्व आवश्यक रहेको बताए ।

‘पहिलो स्थानीय तह सदस्य निर्वाचनमा एमालेले आधारभूत भौतिक संरचना निर्माण जनताका आधारभूत आवश्यकतालाई मूलभूत रुपमा साकार गरेको छ’ ढकालले भने, ‘अब समृद्ध कोहलपुर बनाउन फेरी पनि एमाले सरकार स्थानीय तहमा आवश्यक छ ।’

उम्मेदवार परिचयात्मक अभियानमा एमालेबाट कोहलपुरको मेयरका उम्मेदवारी दिएका खिलप्रसाद भुषाल, उपमेयरकरी उम्मेदवार अस्मिता थारु तथा सम्बन्धित वडाका उम्मेदवारहरु रहेका गरेका छन् ।

May be an image of 9 people, people standing and outdoors

प्रकाशित मितिः बुधबार, बैशाख १४, २०७९     11:49:17 AM  |