कोहलपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी परेको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर १ (ख) का सभापति बलराम शर्माले स्वतन्त्र उम्मेदवारी हालेका हुन् ।
अन्तिम समयमा आएर कांग्रेसले युवा नेता पूर्ण आचार्यलाई टिकट दिएपछि शर्माले बागी उम्मेदवारी हालेका छन् ।
उनी कांग्रेस कोहलपुरका प्रभावशाली नेताहरु राजेन्द्र श्रेष्ठ, भानुभक्त भट्राई, फुलाराम थारु लगायतलाई लिएर निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
शर्मालाई नेपाली कांग्रेस कोहलपुरका पूराना नेता कार्यकर्ताले सहयोग गरेका छन् ।
प्रकाशित मिति : २०७९ वैशाख १२ गते सोमबार










प्रतिक्रिया दिनुहोस्