जानकीमा एमालेका हिमान्शु यादयले दिए अध्यक्षमा उम्मेदवारी



कोहलपुर  : बाँकेको जानकी गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष सहित उपाध्यक्ष र वडाअध्यक्षको लागि उम्मेदवारी दर्ता गरेको छ ।
अध्यक्ष पदका उमेदवार हिमान्शु यादव, उपाध्यक्ष पदका उमेदवार भुमिसरा धितालले उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै जानकी गाउँपालिकाको ६ वटै वडाका अध्यक्ष तथा सदस्यहरू मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

वडा नम्बर १ सोराब खाँ , वडानम्बर २ मा किशोर थापा ,वडानम्बर ३ मा तुल्सीराम शुक्ला ,वडा नम्बर ४ मा विश्राम कुमार वर्मा ,वडा न ५ रमेश कुमार वर्मा र वडा नम्बर ६मा सुरेश अहिरले वडा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेका हुन् । गत निर्वाचनमा जानकीमा नेकपा एमालेले नै जितेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख १२ गते सोमबार