कोहलपुर नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बीच चुनावी गठबन्धन हुने भएको छ । वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा दुई पार्टीबीच गठबन्धन भएको छ ।
कोहलपुरमा दुई पार्टीबीच वडादेखि पालिकासम्म सँगै निर्वाचन लड्ने सहमति भएअनुसार सोमबार उम्मेदवारी दर्ता गराएका छन् । मेयरमा माओवादीबाट नरेन्द्र न्यौपाने र उपमेयरमा एकिकृत समाजवादीबाट नारायणी वलीले उम्मेदवारी दर्ता गराएका हुन् । अन्य वडा तथा सदस्यहरुको भने अहिले पनि उम्मेदवारी दर्ताको काम चलिरहेको छ ।
कोहलपुरको प्रमुखको उम्मेदवार बनेका न्यौपाने २०७४ सालको निर्वाचनमा पनि प्रमुख पदमा निर्वाचन लडेका थिए । त्यतिबेला उनी पराजित भए । यसपटक पनि उनी नेकपा माओवादी केन्द्रबाट एकल उम्मेदवारको रुपमा सिफारिस भइसकेका थिए । विद्यार्थी राजनीतिबाट उदाएका उनी कोहलपुरमा जनप्रेमी नेताका रुपमा परिचित छन् ।
ओली भने समाजवादीकी नगर अध्यक्ष तथा अखिल नेपाल महिला संघ बाँकेकी अध्यक्ष हुन् । यसअघिको स्थानीय तह निर्वाचनमा उनी कार्यपालिका सदस्य थिइन् । उनले शुक्रबारमात्र उक्त पदबाट राजीनामा दिइसकेकी छन् ।
दुई पार्टीको सहमतिअनुसार कोहलपुरमा नेकपा माओवादी केन्द्रले मेयर र समाजवादीले उप्रप्रमुख पाउने सहमति भएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कोहलपुरका अध्यक्ष अवराज खड्काले बताए ।
यस्तै १३ वटा वडामा माओवादी र २ वटा वडामा समाजवादी पार्टीलाई दिने सहमति भएको छ । सैद्धान्तिक सहमतिअनुसार १, २, ३, ५, ६, ८, ९, १०, ११, १२, १३, १४, १५ नम्बर वडामा माओवादी र वडा नम्बर २ र ४ समाजवादीलाई वडाध्यक्ष दिने सहमति भएको थियो ।










प्रतिक्रिया दिनुहोस्