कोहलपुर कांग्रेसमा विवाद चर्किदैं, पार्टी कार्यालयमा तालाबन्दी



कोहलपुर ।

उम्मेदवारी दर्ताको लागि केही घण्टामात्र बाँकी रहँदा नेपाली कांग्रेस कोहलपुरमा विवाद चर्किदैं जान थालेको छ ।

मेयरका उम्मेदवार छनोटमा सहमती राख्दै कांग्रेसका नेता कार्यकर्ताले नेपाली कांग्रेस कोहलपुर नगर समितिको कार्यालयमा तालाबन्दी गरेका छन् । सहमती राख्ने पक्ष कार्यालय बाहिर रहेपनि अन्य नेता कार्यकर्ता भने कार्यालय परिसरमा देखिएका छैनन् ।

मेयरका उम्मेदवार छनोटमा सहमती राखेका नेता कार्यकर्ताले अहिले अब के गर्ने भन्नेबारे छलफल गरिरहेका छन् । कोहलपुरको मेयरको लागि युवा नेता पूर्णप्रसाद आचार्य र उपमेयरमा संगीता पौडेल सुवेदीलाई उम्मेदवार बनाउने निर्णय भइसकेको छ ।

नेपाली कांग्रेसमा लामो ईतिहास बोकेका साथीहरु हुँदाहुँदै युवालाई टिकट दिएकोले आफुहरुको सहमती रहेको मेयरका आकांक्षी समेत रहेका कांग्रेसका नेता राजेन्द्र श्रेष्ठले बताए । ‘युवाहरुको विरोधमा हामीहरु छैनौं ।

ईतिहास बोकेका नेताहरु हुँदाहुँदै वडाध्यक्षमा हारेकालाई टिकट दिनुहुँदैन भन्ने हो’ उनले भने, ‘उहाँहरुलाई अन्य क्षेत्रमा समेत अवसर दिनुपर्छ । कोहलपुरमा मेयररै ताकेर पूराना नेताहरु बस्नुभएको छ । उहाँहरुलाई पार्टीले टिकट दिनुपर्छ ।’

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख १२ गते सोमबार