कांग्रेसबाट नेपालगन्जको मेयरमा प्रशान्त विष्ट



नेपालगन्ज ।

नेपाली कांग्रेसले नेपालगन्ज उपमहानगरसहित बाँकेका ८ वटै स्थानीय तहमा आफ्नो उम्मेदवार टुंगो लगाएको छ।

सत्ता गठबन्धनमा कांग्रेसको भागमा परेको नेपालगन्ज उपमहानगरपालिकामा प्रशान्त विष्टलाई मेयरको उम्मेदवार बनाएको छ।

गठबन्धनले नेपालगन्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकामा गठबन्धन गरेको छ। अन्यमा छुट्टाछुट्टै उम्मेदवारी दिएका छन्।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख १२ गते सोमबार