बाँकेका विभिन्न स्थानमा निर्वाचन आचारसंहिताविपरीत राखिएका निर्वाचन प्रचार सामग्रीहरु शनिबार १२ बजेभित्र हटाइसक्नुपर्ने भएको छ ।
जिल्ला निर्वाचन आचारसंहिता अनुमगन समितिको शुक्रबार नेपालगन्जमा बसेको बैठकले शनिबार १२ बजेभित्र सबै प्रचार सामग्रीहरु हटाइसक्ने सहमति गरेको हो ।
विभिन्न राजनीतिक दलहरुले चोक, सडक तथा सार्वजनिकस्थलहरुमा अचारसंहिताविपरीत प्रचार सामग्रीहरु टाँस गरेका छन् ।
बाँकेका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीको अध्यक्षतामा भएको बैठकमा सहभागी सबै राजनीतिक दलका प्रतिनिधिले निर्वाचन आचारसंहिता पालन गर्ने सहमति पनि गरेका छन् ।
प्रकाशित मिति : २०७९ वैशाख १० गते शनिबार










प्रतिक्रिया दिनुहोस्