घरेलु महासंघ कोहलपुरको भित्तेपात्रो विमोचन



कोहलपुर ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिको भित्तेपात्रोको विमोचन गरेको छ । महासंघको आफ्नै भवनमा आयोजित एक कार्यक्रमकाबीच भित्तेपात्रोको विमोचन गरिएको हो ।

कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत, ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐनबहादुर मल्ल, महासंघका कोहलपुर अध्यक्ष हेमविक्रम जिसी लगायतले भित्तेपात्रोको विमोचन गरेका हुन् ।

सो अवसरमा बोल्दै नगर प्रमुख रावतले घरेलु महासंघ कोहलपुरले छोटो समयमा नै फड्को मारेको बताए । उद्योगी व्यवसायीका पक्षमा काम गर्न उनले घरेलु महासंघलाई सुझाव समेत दिए । सो अवसरमा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम समेत गरिएको घरेलु महासंघ कोहलपुरका महासचिव सिएम उपाध्यायले जानकारी दिए ।

उनकाअनुसार विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

May be an image of 8 people and people standing

कार्यक्रममा घरेलु महासंघका केन्द्रीय सदस्य कुबेर रिजाल, शेषकान्त शर्मा, केन्द्रीय महिला उद्यमी समिती कृष्णा पाठक, प्रदेश महिला उद्यमी समिती वरिष्ठ उपाध्यक्ष शर्मिला खत्री, जिल्ला शाखा बाँके वरिष्ठ उपाध्यक्ष भागवत कंडेल, महासचिव जि.आर. भुषाल, सदस्य दिपक भण्डारी, महिला उद्यमी समिति कोषाध्यक्ष रिता चन्द, सदस्य बिष्णु चौधरी, नेपालगन्ज पालिका अध्यक्ष दिला शाह, सदस्य किरण कार्की, कोहलपुर उद्योग बाणिज्य संघ कोहलपुरका उपाध्यक्ष चण्डी प्रसाद गैरे लगायतको उपस्थिती रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख ९ गते शुक्रबार