मधुर पौडेल ।
बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर, ७ गौरीपारामा जारी खुला फुटबल प्रतियोगिताको उपाधीका लागि बालापुर र ककौरा युवा क्लबबीच खेल हुने भएको छ ।
गौरीपाराको खेल मैदानमा जारी प्रतियोगिताको उपाधीमा लागि आज हुने खेलमा बालापुर र ककौरा युवा क्लब भिड्ने भएका हुन् ।
सोमवार भएको खेलमा मट्टरिया र भैसाई युवा क्लबबीच भएको खेलमा मट्टरियाले भैसाईलाई पराजित गरेको थियो । भैसाईलाई पराजित गरेसँगै मट्टरियाले तेस्रो स्थान सुरक्षित राखेको छ ।
मट्टरियाले भैसाई क्लबलाई २–० गोल अन्तरले पराजित गरेको आयोजक बसन्तपुर युवा क्लबले जनाएको छ । खुला फुटबलको उपाधी जित्नेले १० हजार १ सय ११ रुपैयाँका साथै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त हात पार्नेछ ।
दोस्रो स्थान हासिल गर्ने टिमले ५ हजार ५ सय ५५ रुपैयाँ र तेस्रो हुने टिमले २५ सय २५ रुपैयाँ पाउने बसन्तपुर युवा क्लबका अध्यक्ष प्रदिप चापागाईले जानकारी दिए ।
उनका अनुसार दोस्रंो र तेस्रो हुने टिमले समेत शिल्ड, मेडल र प्रमाणपत्र पाउँनेछन् । आज बुधवार बिहान ११ बजेदेखि गौरीपारा खेल मैदान उपाधीको लागि खेल हुनेछ ।
यस्तै आज नै सोही खेल मैदानमा महिला टिमबीच मैत्रीपूर्ण फुटबल हुने आयोजकले जनाएको छ । बढैयाताल गाउँपालिका र बाँसगढी नगरपालिकाका महिला खेलाडिबीच मैत्रीपूर्ण खेल हुने आयोजक बसन्तपुर युवा क्लबले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्