जनता समाजवादी पार्टी बाँके अध्यक्ष एवम् नेपालगन्ज उप-महानगरपालिकाका मेयरका दाबेदार मोहम्मद कमरुद्दिन राईले केन्द्रको निणर्य मान्ने संकेत देखाएको छन् ।
बिहीबार १० गतेसम्म केन्द्रलाई निणर्य सच्याउन माग गर्दै पत्र लेखेको जसपा बाँकेका अध्यक्ष राई प्राप्त भएको उपमेयरको अवसलाई सदुपयोग गर्नुपर्ने निष्कर्शमा पुगेको पार्टीका जिल्लास्तरीय नेताहरु बताउँछन् ।
नेपालगन्जमा पत्रकारहरुसँग कुरा गर्दै राईले पार्टीको निणर्य अस्वीकार्य भएपनि हाललाई उपमेयरमै भएपनि चुनाव लड्ने निष्कर्शमा पुगेको बताएका छन् ।
उनले भने, ॅजनभावनाअनुसार र नेपालगन्जवासीको कुनैपनि हालतमा यही भए नि स्वीकार्नुस् र अघि बढ्नुस् पार्टीका नेता र कार्यकर्ताको आग्रहअनुसार अब उपमेयर नै लड्ने भनेर सबैको डिसिजन आइसकेको छ । यो पाँच वर्षको लागि उपमेयर भएर पब्लिकको सेवा गर्ने र आगामी दिनको संघर्ष गर्ने र पार्टीमा संघर्ष जारी राख्ने ।’
गठबन्धनका केन्द्रीय नेताहरुले नेपालगन्जमा मेयर कांग्रेसलाई र उपमेयर जसपालाई दिने निणर्य गरेपछि जसपा बाँकेभित्र तीव्र असन्तुष्टि छाएको थियो । मेयरको उम्मेदवारी घोषणा गरिसकेका राईले कुनैपनि हालतमा पार्टीको निणर्य नमान्ने बरु अर्को चुनाव चिन्ह लिएर वागी उम्मेदवारी दिने बताएका थिए ।










प्रतिक्रिया दिनुहोस्