कोहलपुर : कोहलपुर हार्डवेयर संघ बाँकेको आयोजनामा भित्रे पात्रो विमोचन गरिएको छ । बुधबार एक कार्यक्रमका बीच संघले तयार गरेको भित्रे पात्रो विमोचन गरिएको हो ।
भित्रे पात्रो एक कार्यक्रमका बीच उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य चक्रबहादुर अधिकारीको प्रमुख आतिथ्यतामा भित्रे पात्रो विमोचन गरिएको हो । कोहलपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका अधिकारीले आफू कोहलपुर हार्डवेयर व्यवसायीहरुको हकहितका लागि काम गर्न तयार रहेको बताए ।
स्थानीय स्तरमा देखिएका व्यवसायीहरुका समस्या समाधानका लागि आफू सक्रिय रुपमा लाग्ने उनले बताएका थिए ।
उक्त अवसरमा बोल्दै कोहलपुर हार्डवेयर व्यवसायी संघ, बाँकेका अध्यक्ष उप्रेतीले आफूहरुले सेवामुखी र सामाजिक कार्य गर्दै आएको बताए । यो वर्षभरी कोहलपुर क्षेत्रमा रक्तदान कार्यक्रम गर्ने, हरित नगर निर्माणका लागि विरुवा रोप्नेदेखि सरसफाइका गतिविधि सञ्चालन गर्ने योजना रहेको अध्यक्ष उप्रेतीको भनाइ थियो ।
भित्रे पात्रोमा संघले गरेका सामाजिक काम, संघका अन्य गतिविधि समावेश गरिएको छ । भित्रे पात्रो विमोचनमा संघसँग आवद्ध व्यवसायीहरुको सहभागिता रहेको थियो ।















प्रतिक्रिया दिनुहोस्