बाँके जिल्ला फुटबल संघमा शाहीको ह्याट्रिक



नेपालगन्ज ।

बाँके जिल्ला फुटबल संघको अध्यक्षमा भोजराज शाहीले ह्याट्रिक गरेका छन् । संघको शनिबार नेपालगन्जमा सम्पन्न चुनावी साधारणसभाबाट शाही तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचनमा सुर्यमणि अधिकारीलाई भारी मतान्तरले पराजित गरेर शाही अध्यक्षमा निर्वाचित भएका हुन् । जिल्लाका १२ ओटा फुटबल क्लबहरु मतदाता रहेकोमा शाहीले ९ मत प्राप्त गरे भने अधिकारीले मात्र २ मत प्राप्त गरे । एउटा क्लब भने मतदानमा सहभागी भएन ।

अध्यक्षमा मात्रै नभै १५ सदस्यीय कार्यसमितिमा पुरै शाही पक्षका उम्मेदवारहरु विजयी भएका छन् । तीनजना उपाध्यक्षमा अधिकारी पक्षबाट कुनै उम्मेदवारी नपरेपछि निर्मल चन्द, अनिल बहादुर केसी र टोपेन्द्र खत्री निर्बिरोध निर्वाचित भएका छन् ।

यसैगरी सदस्यरूमा भोजबहादुर शाही, गोबर्धन सिंह सम्झना, दीपेन्द्र घले, गोविन्द प्रसाद श्रेष्ठ, ईश्वर चन्द, राजु तामाङ, दीपु राना, अर्जुन खड्का, देवेन्द्र केसी र ईन्द्रबहादुर राना निर्वाचित भएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख ५ गते सोमबार