नेपालगन्ज ।
नेकपा एसका नेता अशोक कोइराला भन्छन्, ‘पाँचवटा दलहरु जोसँग बसेर गरेपनि त्यो गठबन्धन नै हुन्छ । हामी पनि माओवादी, जसपालाई पनि गठबन्धनमा ल्याउने पर्यन्त गरेका छौँ ।’
नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सहसचिव बम पनि भन्छन्, ‘गठबन्धन भित्रकै दलहरुबीच जोसँग पनि गठबन्धन गर्ने भनेपछि हामीले अरु दलसँग गर्ने सम्भावना त बाँकी नै छ ।
करकापमा गठबन्धन हुनैपर्छ भन्ने कुरा अब भएन ।’ जसपाका बाँके जिल्ला अध्यक्ष कमरुद्धिन राई भन्छन्, ‘कांग्रेसको सुरुदेखि नै गठबन्धन गर्ने मनसाय थिएन ।
त्यो बुझेर नै हामीले गठबन्धनबाहिर बस्ने निर्णय गरेका हौँ । कांग्रेस बाहेकका अन्य दलहरुसँग गठबन्धनको सम्भावना जीवितै छ । हामीले त्यसका लागि पार्टीको संयन्त्र पनि तयारै राखेका छौँ ।’
यी तीनजना नेताको भनाइले अब सत्ता गठबन्धनभित्रका दलहरुमा कांग्रेस बाहेकको गठबन्धनको प्रयास सुरु भएको बुझ्न सकिन्छ ।
यद्धपी नेकपा (माओवादी केन्द्र)का बाँके संयोजक डम्मर विक ‘तुफान’ अरु विकल्प भन्दा अहिले कांग्रेससहितकै गठबन्धनका लागि प्रयास भइरहेको बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्